रुबिना आबद्ध बार्मी आर्मी सेमिफाइनलमा स्तब्ध

पाेखरा | बैशाख २, २०८०

रुबिना आबद्ध बार्मी आर्मी सेमिफाइनलमा स्तब्ध

पाेखरा:  हङकङमा जारी फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी सेमिफाइनलमा पराजित भएको छ । 

 

कुलन क्रिकेट क्लब हङकङमा भएको दोस्रो सेमिफाइनल खेलमा फाल्कोन्सले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । 

 

आर्मीले दिएको १ सय ५९ रनको लक्ष्य फाल्कोन्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।  फाल्कोन्सका लागि चमरा अथापाथुले ५० बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेलिन् ।

 

मरिजानी कप्पाले १० बलमा अविजित २३ रन बनाउँदा मारिको हिल ११ बलमा १९ रन बनाउँदै अविजित रहिन् ।  आर्मीका लागि रुविना क्षेत्रीले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिईन् । 

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।  आर्मीका लागि दिरेन्द्र डोट्इनले २९ बलमा ४२ रन बनाउँदा फतिमा साना ३० बलमा ४५ रनमा अविजित रहिन् । 

 

रुबिना क्षेत्रीले ९ बलमा २ चौका सहयोगमा १३ रन बनाएकी थिईन् ।

 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्